टिकापुर घटनाः अदालतले जातीय आधारमा फैसला गरेकाे महतोकाे आरोप

टिकापुर घटनाः अदालतले जातीय आधारमा फैसला गरेकाे महतोकाे आरोप

विराटनगर – राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली घटनामा अदालतले जाति, धर्म, भाषा र समुदायका आधारमा फैसला गरेको आरोप लगाउनुभएको छ ।

बिहीबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै नेता महतोले राजनैतिक आन्दोलनमा सहभागि भएकै कारण जेल जानुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयाे । उहाँले आन्दोलन गरेकै कारण जेल हाल्ने भए सबै आन्दोलनकारीलाई जेल हाल्न अदालतलाई चुनौती दिनुभयो ।

उहाँले आन्दोलनका क्रममा सुरक्षाकर्मी र जनता मारिएको अन्य घटनामा संलग्नलाई कुनै कारवाही नगरिएको र कैलाली घटनामा भने पृथक फैसला आएकाले अदालतको फैसला विरुद्ध जनता जाने बताउनुभयो ।

उहाँले आन्दोलनको तयारी शुरु गरिएको र यसका लागि विचार मिल्नेहरु संग सहकार्य गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्