आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

काठमाण्डौँ – कुस्ती खेलाडी छनोट प्रदेश ३ बाट ९ पुरुष र १ महिला गरी १० खेलाडी आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन् । ती मध्ये ८ खेलाडी काठमाडौं र बाँकी २ ललितपुरबाट रहेको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

पुरुष ५७ केजीमा राकेश पाण्डे, ६१ केजीमा जादुलाल यादव, ६५ केजीमा शैलेन्द्रकुमार यादव, ७० केजीमा कृष्ण कुमार, ७४ केजीमा नवीन हुसैन राउट, ७९ केजीमा सुनिलप्रसाद साह, ८६ केजीमा समिम राउत, ९२ केजीमा रविन बुढाथोकी र ९७ केजीमा विनोदकुमार यादव रहेका छन् ।

महिला ७६ केजीमा सबनम पाण्डे छिन् । राकेश र सबनम ललितपुरका हुन् । बाँकी ८ खेलाडी काठमाडौंका हुन् ।

प्रतिक्रिया दिनुहोस्