टायर पड्किदाँ जिप दुर्घटना, दुई जनाको मृत्यु ३ घाइते

टायर पड्किदाँ जिप दुर्घटना, दुई जनाको मृत्यु ३ घाइते

तनहुँ – पृथ्वी राजमार्गको घाँसीकुवास्थित जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । तीनजना घाइते छन् । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप टायर पड्कीएर दुर्घटना भएको थियो ।

दुर्घटनामा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जिपका चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदैगर्दा मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार द्रुत गतिमा रहेको जिपको अगाडिको टायर पड्कीएपछि असन्तुलित भइ सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । दुर्घटनामा अरु तीनजनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्