नोबेल शान्ति पुरस्कारको हकदार म होइन: इमरान खान

नोबेल शान्ति पुरस्कारको हकदार म होइन: इमरान खान

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका छन् । उनले कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् । 

इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति र मानवीय विकासको मार्ग पनि तयार हुनेछ । भारतीय लडाकु जहाजका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि आफूलाई नोबेल पुरस्कार दिइनुपर्ने बहस भइरहेका बेला इमरानले मुख खोलेका हुन् । 

भारतीय पाइलटलाई रिहा गरेपछि पाकिस्तानमा इमरानलाई नोबेल पुरस्कार दिनुपर्ने अभियान नै चलाइएको छ। अहिलेसम्म तीन लाख भन्दा धेरै मानिले इमरानलाई नोबेल दिनुपर्ने कुरामा समर्थन जनाउँदै हस्ताक्षर अभियान चलाइरहेका छन् । अभिनन्दनलाई रिहा गर्नुअघि गत बिहीबारको संसद्को संयुक्त बैठकमा बोल्दै इमरानले यो पहल कश्मीरमा शान्तिको तर्फ एउटा कदम भएको बताएका थिए । 

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले इमरानलाई नोबेल पुरस्कार दिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका थिए । यसमा भारतको आक्रमण रवैयाकाका कारण परमाणु शक्ति सम्पन्न देशबीच युद्धको अवस्था बनेका बेला इमरानको कदमले शान्तिको बाटो खोलेको जनाइएको छ । 

प्रस्तावमा शान्तिका लागि इमरानको कदमको सबैले प्रशंसा गर्नु पर्ने उल्लेख गरिएको छ । यसका लागि उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्नु उपयुक्त हुने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्