नेपाली सेनाले सोमबार जंगीअड्डामा सेना दिवस मनाउँदै

नेपाली सेनाले सोमबार जंगीअड्डामा सेना दिवस मनाउँदै

काठमाडौं – नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।

जंगीअड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिनेछ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।

साढे १० बजेदेखि सुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाज समेत गरिनेछ । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शनी समेत गरिने ढकाल बताउँछन्

प्रतिक्रिया दिनुहोस्