वैशाख भित्र पाइपबाट नेपालमा तेल

वैशाख भित्र पाइपबाट नेपालमा तेल

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले वैशाखभित्र पाइपलाइनबाट इन्धन शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचार अनुसार पाइपलाइनको काम ७० प्रतिशत सकिएको छ । ६९ किलोमिटरमा ९ किलोमिटर पाइप विछ्याउन बाँकी रहेको छ ।
समाचारमा अगाडि लेखिएको छ–

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो । वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्