बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रुपमा कुटपिट

बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रुपमा कुटपिट

काठमाडौं – बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रुपमा कुटपिट भएको घटना सार्वजनिक भएको राजधानी दैनिकमा खबर छ । आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो ।

त्यस्तै सार्वजनिक जग्गामा बक्रदृष्टि, अतिक्रमण बढेको बढ्यै खोजीमा निष्क्रियता शीर्षकको समाचारमा देशभर सार्वजनिक जग्गा अतिक्रमण बढिरहँदा त्यस सम्बन्धिमा सरकारी निकाय भने बेखबर छ । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा यसबारे सरकार नै बेखबर रहनुलाई गम्भीर रुपमा लिइएको छ । काठमाडौंमा मात्रै ४४ स्थानको सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै मुद्दा परेको छ ।

समायोजना भएका ६७६ सहसचिवको पदस्थापना भएको छ । जहाँ दुई दर्जनको सरुवा गरिएको छ । सबैलाई रुवाउँदै लोकप्रिय नेता बिदा भएको, बजारमा ग्यासको कृतिम अभाव भएको, छोराले केटी भगाउँदा आमा जेल परेको लगायतका खबर मुख्य रुपमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्