देउवाले भेटे निर्मला पन्तका परिवारलाई

देउवाले भेटे निर्मला पन्तका परिवारलाई

कैलाली – नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् ।

बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नु पर्ने बताए ।

उनले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नौ पार्टी कटिबद्ध भएर लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्