हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुलाई टान, नाट्टा र एनएमएको श्रद्धाञ्जली

हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुलाई टान, नाट्टा र एनएमएको श्रद्धाञ्जली

फागुन १६, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीलाई पर्यटन क्षेत्रका संस्थाहरु टान, नाट्टा र एनएमएले पर्यटकिय क्षेत्रको लागि दुखद दिन भन्दै दिवंगतहरुमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसको साथै यसले पर्यटकिय जगतलाई अपुरणिय क्षति गरेको पनि ती संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्