सन्दीपको टिम आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दै

सन्दीपको टिम आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौ – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग क्रिकेटमा आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यूएईको दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सन्दीपको टिम लोहोरले क्युटा ग्लाडिएटर्ससँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । पाकिस्तान सुपर लिगमा यसअघि यी दुई टिमबीच भएको खेलमा क्युटा ग्लाडिएटर्सले लाहोरलाई तीन विकेटले पराजित गरेको थियो ।आफ्नो पहिलो खेलमा ब्यहोरेको हारलाई बदला लिने दाउमा लाहोर छ । क्युटा ग्लाडिएटर्स भने आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा छ ।

नेपालका युवा खेलाडी सन्दीप लामिछाने प्लेइङ इलाभेनमा पर्न सके यो उनको लागि तेस्रो खेल हुनेछ । यसअघि उनले आफ्नो क्लबबाट दुई खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्