आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ छनोट

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ छनोट

फुटबल खेलाडी छनोट आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट पुरुष फुटबल टोली छनोट भएको छ । २० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मंसुर, पर्साका कृष्ण शाक्य, महोत्तरीका निरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गंगाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टंकबहादुर सिङतान टोलीमा समावेश छन् ।

बुद्धिचाल ः प्रदेश २ बाट ५ पुरुष र ३ महिला गरी ८ बुद्धिचाल खेलाडी छनोट भएका छन् । पुरुषमा सर्लाहीका कमल श्रेष्ठ, बाराका विवेक श्रेष्ठ, धनुषाका सुशील चौधरी, बाराका रमेशप्रसाद चौधरी र सप्तरीका सिंगेश्वर दास रहेका छन् । महिलामा रौतहटकी विशेखा जैसवाल, पर्साकी समिक्षा पन्त र सिरहाकी सन्जिता महतो छन् ।

प्रतिक्रिया दिनुहोस्