कर्मचारी र ठेकेदार मिलेर आर्थिक अनियमितता

कर्मचारी र ठेकेदार मिलेर आर्थिक अनियमितता

धादिङ –  धादिङको उत्तरी क्षेत्र झार्लाङ स्वास्थ्य चौकी भवन निर्माणमा कर्मचारी र ठेकेदार मिलेर आर्थिक अनियमितता गरेको फेला परेको छ। 

२०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यो स्वास्थ्य चौकीको भवन मर्मत गर्न सरकारले १२ लाख रुपैयाँ बजेट निकासा गरेको थियो। चौकीको रेट्रोफिटिङ (प्रबलीकरण) का लागि बजेट आएकामा ठेकेदारले टालटुल मात्र गरेर बजेट हिनामिना गरेको फेला परेको हो। प्राविधिक कर्मचारीसँग मिलेर ठेकेदारले बजेट हिनामिना गरेपछि  स्वास्थ चौकीका कर्मचारी सामुदायिक भवनमा बसेर सेवा दिन बाध्य भएका छन्।

रेट्रोफिटिङका लागि बजेट आए पनि चर्केको गाह्रोको माटो भत्काएर प्लास्टर गर्नेबाहेक  कुनै काम नभएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्