फाराम नै नभरेका कर्मचारीसमेत समायोजनमा परेपछि आश्चर्यमा परे !

फाराम नै नभरेका कर्मचारीसमेत समायोजनमा परेपछि आश्चर्यमा परे !

काठमाडौं – कर्मचारी समायोजन प्रक्रिया गलत भएको बताउँदै फाराम नै नभरेका कर्मचारीसमेत समायोजनमा परेपछि आश्चर्यमा परेका छन् ।

त्यतिमात्र होइन रिटायर्ड नै भइसकेका कर्मचारीले समायोजनमा आफ्नो नाम देखेपछि भने अझै चकित परेका छन् । 

एक सेवा निवृत्त भइसकेका कर्मचारीले हाम्राकुरालाई भने, ‘मेरो पनि नाम छ भनेरर साथीहरुले सुनाएका थिए, जिस्किएका होलान् भनेर ध्यानै दिइन, पछि त धेरै जनाको फोन आएपछि पो अचम्म लागेर नतिजा हेरें ।’

अचम्म त यो छ कि अनलाइनबाट फाराम भर्नुपर्ने थियो संख्या बढाउनका लागि सरकारी तहबाटै यस किसिमको चाल भएको हुन सक्छ । 

संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन प्रक्रिया गलत ढंगले भइरहेको भन्दै कर्मचारीहरुले विरोध गर्दै आइरहेका छन् । 

एक कर्मचारीले भने, ‘स्थानीय तहमा जाँदा एक तह बढुवासमेत गरिएको छ, घर पायक त्यसमाथि पनि बढुवा, अनि संघमा रहनेलाई कुनै पनि सुविधा छैन, यो अन्याय हो ।’

कर्मचारी भनेपछि समान हुनुपर्ने हो । तर यो त्यस्तो मुलुक हो जहाँ भन्सारमा काम गर्ने र राजस्वमा काम गर्ने कर्मचारीलाई भत्ता दिएर खटाइन्छ ।

अनि हुलाक जस्तो त्यस्तो ओइलाउन लागेको कार्यालय जसको काम हराउन थालिसकेको छ त्यहाँ कर्मचारीहरु कामविहीन हुँदै सजाय दिइएका कैदी जस्तै लाग्छन् ।

प्रतिक्रिया दिनुहोस्