आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

बास्केटबल छनोट पूरा आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट सहभागी हुने पुरुष बास्केटबल टोली चयन भएको छ ।

१२ सदस्यीय टोलीमा काठमाडौंका ६, ललितपुरका ४ तथा भक्तपुर र काभ्रेका १–१ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

काठमाडौंका सदीश प्रधान, विक्रम डंगोल, मविन्द्र भण्डारी, विनोद श्रेष्ठ, विक्रम जोशी र मनीष केसी, ललितपुरका कर्मा गुरुङ, अनिल खड्गी, सञ्जय व्यञ्जन्कार (क) र सञ्जय ब्यञ्जन्कार (ख), भक्तपुरका मनेश राजोपाध्याय तथा काभ्रेका मनोज केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्