नेपाल प्रहरीमा राेजगारीकाे अवसर, १ हजार ५५६ जना कर्मचारीकाे माग (सुचीसहित)

नेपाल प्रहरीमा राेजगारीकाे अवसर, १ हजार ५५६ जना कर्मचारीकाे माग (सुचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा राेजगारीकाे अवसर खुलेकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानव संशाधन शाखाले प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीकाे माग गरेकाे छ ।

आज सोमबार गाेरखापत्रमा एक सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा उल्लिखित संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त अाह्वान गरेकाे हाे ।

यही फागुन १६ गतेदेखि चैत २२ गतेसम्म इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् । एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्म र कुकुर हेरालुसम्मका विवध पदमा प्रहरीले आवेदन माग गरेकाे छ ।

प्राविधिकतर्फका जवान मात्रै १ हजार चार सय २२ जना माग गरिएको छ । समावेशी काेटामा अावेदन दिन पाइनेछ ।

थप जानकारी सूचनामा हेर्नुहाेस्-

प्रतिक्रिया दिनुहोस्