गोल्डेनगेटलाई दोहोरो सफलता

गोल्डेनगेटलाई दोहोरो सफलता

काठमाडौं – बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा गोल्डेनगेट इन्टरनेशनल कलेजले दोहोरो सफलता हात पारेका छन् । गोल्डेनगेटले आइतबार ब्वाइज र गल्र्समा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पन्छाउदै दोहोरो सफलता हात पारेका हुन् । 

नक्सालस्थित बृहस्पति विद्यासदनको कोर्टमा आइतबार भएको ब्वाइजतर्फको खेलमा गोल्डेनगेटले साइपाल एकेडेमीमाथि ५४–४५ को सहज जित निकाल्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंकको योगदान दिए । गल्र्सतर्फको खेलमा गोल्डेनगेटले एसमाथि ३७–१७ को जित निकाल्यो । ब्वाइजतर्फ पवन खत्रीको २४ अंकको सहयोगमा सीसीआरसीले एसमाथि ७२–३५ को फरालिो जित निकाल्यो । 

ब्वाइजमै क्याम्पेनले क्यानभासमाथि ३५–३२ को साघुरो जित निकाल्यो । क्याम्पेनको साँघुरो जितमा जुविन महर्जनले १७ अंक जोडे । गल्सतर्फ मोर्गानले आयोजक बिभिएसमाथि ३७–८ को फराकिलो जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्