लाखौं बराबरकाे काठ बरामद

लाखौं बराबरकाे काठ बरामद

सिरहा – अबैध रुपमा ओसार पसार गरी लादै गरेको लाँखौ मुल्य बाराबरको काठ जिल्ला प्रहरी कार्यालय सिरहाले बरामद गरेका छन् ।

लहान नगरपालिका वडा नम्बर १८ सोभापुर स्थित स्माईल मियाको घरमा काठ छ, भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी टोली खटि गई स्माईल मियाको गोठमा लुकाई छिपाई राखेको सालको काठ थान २९, मुरकुटको काठ थान २, अस्नाकाे काठ थान९, सति सालको काठ थानः१, सिसौको काठ थानः६ गरी जम्मा ३० क्युफिट काठ बरामद गरी डिभिजन वन कार्यालय सिरहा लहानमा बुझाएको छ, निज स्माईल मिया फरार रहेकोमा खोजतलास कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता तथा डिएसपी माधव राज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्