आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

काठमाण्डौँ – ब्याडमिन्टन खेलाडी छानिए आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट सहभागी हुने ब्याडमिन्टन खेलाडी छनोट भएका छन् ।

७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा मकवानपुरका अभिषेक बोस, काठमाडौंका सुजन थापा, चितवनका निश्चल बस्नेत, काठमाडौंका अखिल श्रेष्ठ, सिन्धुपाल्चोकका रमेश श्रेष्ठ, ललितपुरका दिपेश शाक्य र चितवनका सागर घिमिरे रहेका छन् ।

महिलामा काठमाडौंकी मनीषा खड्का, भक्तपुरकी सफी खत्री, काठमाडौंकी तारा आले मगर, काठमाडौंकी महिमा श्रेष्ठ र ललितपुरकी कृष्मा वज्राचार्य छन् । बास्केटबलको छनोट शनिबारदेखि चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा सुरु भएको छ ।

प्रतियोगिताको प्रदेश ३ का संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्