परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वीटजरल्याण्ड भ्रमणमा

परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वीटजरल्याण्ड भ्रमणमा

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वीटजरल्याण्ड भ्रमणमा जाने भएका छन् ।

स्वीटजरल्याण्डको जेनेभामा हुने संघीय राष्ट्रसंघीय मानवअधिकार परिषदको ४४ औं सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् ।

फागुन १३ गते हुने उद्घाटन हुने सम्मेलनमा मन्त्री ज्ञवालीले फागुन १४ गते संबोधन गर्ने कार्यक्रम छ । फागुन १५ गते उनले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले विभिन्न देशका परराष्ट्रमन्त्री र संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखसँग साइडलाइन भेट गर्ने पनि मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्