वृहस्पति र जेभियरको विजयी शुरुवात

वृहस्पति र जेभियरको विजयी शुरुवात

काठमाण्डौँ – आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले सिसिआरसीमाथि ४१–३७ को जित निकाल्यो । 

पुरुषतर्फको अर्काे खेलमा साइपालले मोर्गान कलेजमाथि ३५–२५ को जित निकाल्दा अर्काे खेलमा मोर्गानले साइपाललाई ६७–५० ले पराजित ग¥यो ।  महिलातर्फ जेभियरले गोल्डेनगेटमाथि ३८–२९ को जित निकाल्यो । अर्काे खेलमा टाइम्सले इनसाइड भिजनमाथि ५२–३८ को सहज जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्