हजारौं लिटर अबैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट

हजारौं लिटर अबैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट

सिरहा – सिरहा प्रहरीले गोलबजार नगरपालिका– ६ बाट घरेलु मदिरा ५० लिटर र मदिरा बनाउन प्रयोग गरिने तीन हजार लिटर कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ। शुक्रबार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा उत्पादन गरेको मदिरा, कच्चा पदार्थ र भाँडाकुडाँसमेत नष्ट गरेको सिरहाका डिएसपि तथा प्रबक्ता माधव राज खरेलले जानकारी दिए

पछिल्लो समय प्रहरीले अवैध रुपमा उत्पादन गर्ने घरेलु मदिरा नियन्त्रणमा कडाई गरेका छन्। सूचना पाउने बितिकै प्रहरीले छापामारी कारवाही प्रक्रिया अगाडि बढाउने गरेको प्रहरीले बताए। एक हप्ता अगाडि प्रहरीले ७०५ लिटर मदिरा नष्ट गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जीवन श्रेष्ठको टोली समाजमा बिकृति फैलाउने कार्य रोक्न सफल भएको छ ।                                        

प्रतिक्रिया दिनुहोस्