गुल्मीमा भिरबाट लडेर एक युवकको मृत्यु

गुल्मीमा भिरबाट लडेर एक युवकको मृत्यु

गुल्मी – गुल्मीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका १ लिम्घा निवासी २४ वर्षको शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

बिहीबार बिहान ससुरालीबाट घर फर्किने क्रममा लिम्घाको चोक भलाए भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ । बिक भिरबाट लडेर करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्