फ्रान्समा फ्लुका कम्तीमा २ हजार ८०० जनाको मृत्यु

फ्रान्समा फ्लुका कम्तीमा २ हजार ८०० जनाको मृत्यु

काठमाडौं – फ्रान्समा फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ ।

फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धहरू भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

रिपोर्ट अनुसार, फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको छ । उपचारका लागि अस्पताल पुगेकामध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।

भर्ना भएकामा पनि अधिकांश ७५ वर्षमाथि वा १५ वर्षमुनिका बिरामी रहेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्