पौडेल बनिन् ‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ पूरा गर्ने नेपाली सेनाकी सेनानी महिला

पौडेल बनिन् ‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ पूरा गर्ने  नेपाली सेनाकी सेनानी  महिला

काठमाण्डौँ – सुलोचना पौडेल ‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ पूरा गर्ने नेपाली सेनाकी सेनानी महिला सैनिक बनेकी छन् ।

यसअघि उक्त कोर्ष कुनै पनि महिलाले पूरा नगरेकोमा आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले सञ्चालन गरेको कोर्षको २५औँ शृङ्खला उनले पूरा गरेकी हुन्। पौडेल २०६१ मा नेपाली सेनाको सहायक पदमा भर्ना भएकी थिइन्।

पौडेल पृथक अनुभव भएको बताउँदै पेशागत ज्ञानले आगामी दिनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन।

नेपाली सेनामा पहिलोपटक कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गर्ने महिला पाएकामा सङ्गठन खुशी रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

नेपाली सेनाको महिला भर्तीमा पहिलो ब्याच हुन्, उनी ।   योसँगै भविष्यमा सुलोचना सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’ महिला बन्न सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्