राष्ट्रिय रिङ्ग रेस्लिङ च्याम्पियनसिप शनिवार

राष्ट्रिय रिङ्ग रेस्लिङ च्याम्पियनसिप शनिवार

काठमाण्डौँ – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउँदो शनिवार राष्ट्रिय रिङ्ग रेस्लिङ च्यामिपयनसि हुने भएको छ  । लैनचौरस्थित टिटि हलमा हुने सो च्यामिपयनसिपको विजेताले ७० हजार नगर पुरस्कार प्राप्त गर्ने संघकी अ्रध्यक्ष सुनिता थापाले बताइ्रन् ।

त्यसैगरी दोस्रो हुने २० हजार र तेस्रो हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।  प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुने छ । फाइनल पुग्ने खेलाडीबिच हार्डकोर्रम्याच हुने छ । त्यसैगरि ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, ए्रक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागीता हुने छ । त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन् ।

रेफ्रीमा कुवेर केसी, प्रदिप पाण्डे, विकास खड्का रहने छन् ।  संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत संचालन गरेको छ । सो प्रतियोगिताका दर्शकका लागि टिकटको मुल्य २ सय तोकिएको छ भने १० बर्ष मुनिका दर्शका लागि १ सय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्