भारतमा उद्धार गरिएका १९७ जना नेपाली काठमाडौं

भारतमा उद्धार गरिएका १९७ जना नेपाली काठमाडौं

काठमाडौं –  भारतमा उद्धार गरिएका १९७ जना नेपाली काठमाडौं आइपुगेका छन् । काकडभिट्टाको पानी ट्यांकी नाका हुँदै मंगलबार नेपाल फर्काइएका उनीहरुलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । 

भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार गरेर नेपाल फर्काइएकामो १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् । नेपाल र भारत सरकारको संयुक्त पहलमा ती उनीहरुलाई फर्काइएको हो ।

दुई साताअगाडि माइती नेपाललाई प्राप्त गोप्य सूचनाको आधारमा उद्धार कार्यको थालनी भएको थियो । सूचना पाएपछि माइती नेपालले दिल्ली महिला आयोगलाई जानकारी दिएको थियो । सेहीसूचनाका आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो । त्यसपछि तिनै महिलाले ठूलो संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको सूचना दिएका थिए । दिल्लीबाट उद्धार गरिएका महिला माघ २५ गते काठमाडौं आइसकेका छन् । 

यसपछि पनि आफ्नो रेस्क्यु अपरेसनलाई जारी राखेको भारतीय प्रहरीले मणिपुर शहरका छुट्टा छुट्टै ठाउँबाट ठूलो संख्यामा नेपालीको उद्धार गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्