पेट्रोल र डिजल भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटियो

पेट्रोल र डिजल भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटियो

वीरगञ्ज – भारतीय आयल कर्पोरेशन (आईओसी)को रक्सौल डिपोबाट पेट्रोल र डिजल भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटिएको छ । आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो ।

ना २ ख ३८४० नम्बरको ट्याङ्करका चालक मनोज ठाकुरले रक्सौलबाट तेल भरेर वीरगञ्ज ल्याएर नेपाल आयल निगमको कर्मचारीकै अगाडि चेक गर्दा डिजलमा पानी देखिएको बताए ।

‘हामीले सँधै जस्तै रक्सौलबाट डिजल ल्यायौं, तर वीरगञ्जमा आएर डिजल निकालेर हेर्दा डिजलमा पानीको मात्रा देखियो,’ उनले भने ‘ यस्तो कहिले पनि भएको थिएन । आज देखिएको छ । ‘

उनले श्री आयल वीरगञ्ज, जीतपुरको गोदावरी आयल र वैदेही आयलका लागि डिजल ल्याएका थिए । तर डिजलमा गडबडी देखिएपछि आयल निगमको वीरगञ्ज कायालय अगाडि ट्याङ्कर राखेर बसेका छन् ।

उनको जस्तै रक्सौलबाट तेल भरेर आएका ना २ ख ७०३७, ना ७ ख ६५१५, ना २ ख ५०३९, ना ८ ख १३६५, ना २ ख ८३५९, ना ७ ख ६६९०  लगायतका दर्जनौं गाडी त्यसैगरी आयल निगमको वीरगञ्ज स्थित कार्यालय वरपर नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्