एडभान्स र क्याम्ब्रिज उपाधिनजिक

एडभान्स र क्याम्ब्रिज उपाधिनजिक

काठमाण्डौँ – एडभान्स र क्याम्ब्रिज उपाधिनजिक एड्भान्स र क्याम्ब्रिज दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । एड्भान्सले जगत मन्दिरलाई २–१ को सेटमा पराजित ग¥यो । क्याम्ब्रिजले लाइसियम मोडेललाई २–० को सोझो सेटमा पराजित ग¥यो ।

सोमबारै भएको क्वाटरफाइनलमा लाइसियमले ग्लोबल, एड्भान्सले ज्ञान निकेतन, जगत मन्दिरले सम्भावी र क्याम्ब्रिजले रिभेरालाई समान २–० को नतिजामा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनल मंगलबार हुनेछ ।

ऋतको जित ऋत एकेडेमीले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार जित हात पारेको छ । ऋतले काठमाडौं भ्यालीलाई ३४–१९ ले पराजित ग¥यो । अन्य खेलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ५०–४२ तथा हेराल्डले एन्जल्स हर्टलाई ३८–२५ ले हराए । ब्वाइजमै सीसीआरसीले प्रिमियरबाट वाकओभर पायो ।

प्रतिक्रिया दिनुहोस्