ग्लोबल र एडभान्स क्वाटरफाइनलमा

ग्लोबल र एडभान्स क्वाटरफाइनलमा

काठमाण्डौँ – ग्लोबल र एडभान्स दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दोहोरो जित निकालेको ग्लोबलले नेपाल मेगा र नोबेललाई समान २–० को सोझो सेटमा पराजित ग¥यो । एड्भान्सले नोबेललाई २–० को सीधा सेटमा हरायो ।  म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा क्याम्ब्रिज र जगत मन्दिरले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

क्याम्ब्रिजले सम्भावीलाई २–० ले पन्छ्याउदै समूह ‘बी’ को विजेता बन्यो । सोही समूहको उपविजेताका रुपमा क्वाटरफाइनल पुग्ने क्रममा सम्भावीले पिस प्वाइन्टमाथि २–१ को जित दर्ता ग¥यो ।

जगत मन्दिरले प्रस्फुटन तथा रिभेरालाई समान २–० को सोझो सेटमा निराश पा¥यो । दुई जितसंगै ग्लोबल समूह ‘डि’ को विजेता भयो । रिभेरा पनि समूह ‘डि’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । क्वाटरफाइनल ग्लोबल र लाइसियम मोडेल, एडभान्स र ज्ञान निकेतन, क्याम्ब्रिज र रिभेरा तथा जगत मन्दिर र सम्भावीबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्