मोहन र सन्तोषको लोकल कुखुरा मोह

मोहन र सन्तोषको लोकल कुखुरा मोह

दोलखा । राम्रो आर्थिक लाभको लागि विकासे जातका बोइलर कुखुरा पाल्नु अहिले सामान्य जस्तै हो तर दोलखाको भीमेश्वर नगरपालिका वडा नं.४, जिलुका दुई जना युवा मिलेर स्थानीय जातको कुखुरा फार्म संचालन गरिरहेका छन् ।
सबैले कुखुरा फार्म भन्ने बित्तिकै चाडो उत्पादन दिने हाइब्रिड जातका कुखुरा पालन भन्ने बुझ्दछन् । यसैकारण, बोइलर र गिरीराज लगायत विकासे जातका कारण स्थानीय जातका कुखुराहरु लोप हुने अवस्थामा पुगेका बेला बैत्यश्वर गाउँपालिका वडा नं.७ का सन्तोष रिमाल र भीमेश्वर नगारपालिका वडा नं. ४, जिलुका मोनहप्रसाद चौलागाई मिलेर व्यवसायिक तवरले नै लोकल कुखुराको फर्म संचालन गरेका हुन् । उनीहरुले कुखुरा फार्म सँगै भैसी पालन व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।


दोलखाको सदरमुकाम चरिकोटबाट करिव ३ किलोमिटर दुरीमा पर्ने सिरान गाउँमा लेकाली जातको लोकल कुखुरा फार्म सञ्चालन थालिएको ६ महिना भयो । स्थानीय जातका कुखुराको उत्पादन ढिला हुन्छ । तर यसको माग बढि भएकोले आम्दानी पनि राम्रै हुने भएकोले यी दुई युवा यसतर्फ आर्कर्षित भएका हुन् ।
उनीहरुको यो फार्ममा परिवारका अन्य सदस्यहरुले पनि रोजगारी पाएका छन् । मानिसहरुले अनुकरणीय व्यतिm भन्दै यी दुई जना युवाहरुको प्रशंसा गरिरहेका छन् । उनीहरुका अनुसार यो व्यवसाय करिव ९ लाखको लागतमा सुरु गरिएको हो । उनिहरुले पाल्पा र इलाम लगायतका जिल्लाहरुबाट कुखुरा ल्याएर फाराम सुरु गरेका हुन । अहिले क्रस, साखिने क्रस, फाइटर, न्यु हिमशिखर गरी ६ प्रजातीका स्थानीय कुखुरा रहेको फार्म व्यवस्थापक चौलागाइले जानकारी दिए ।
लोकल कुखुरालाई आहारा वा चारोको निम्ति स्थानीय स्तरमा नै उपल्वध हुने मकै भटमास आदिको प्रयोग गर्दै आएको र यस फार्मलाइ आधुनिक तरीकाले बिस्तार गर्दै जाने चौलागाइले बताउनु भयो ।


कुखुरा छिटो नबढ्ने तथा आम्दानी ढिला हुने भएपनि लोकल कुखुराको मासु जुन सुकै बिरामीको रोगीले पनि खान मिल्ने भएकोले आफुहरुले यो व्यवसायलाई रोजेको चौलागाई बताउछन् । यसलाई जिल्लाकै नमुना कुखुरा फार्म बनाउने र छिमेकी जिल्लाहरुको माग समेत पुरा गर्ने लक्ष्य रहेको फार्मका व्यवस्थापक रिमालले जानकारी दिए ।
( कल्पना सापकोटा / दोलखा )

प्रतिक्रिया दिनुहोस्