अमेरिकामा पर्खाल विवाद, ट्रम्पले आपतकाल घोषणा

अमेरिकामा पर्खाल विवाद, ट्रम्पले आपतकाल घोषणा

काठमाडौं – मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल बनाउने विषयमा संसदले बजेट स्वीकृत नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका छन् ।

शुक्रबार ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने अमेरिकामा नशालु पदार्थ, मानव तस्करी र अपराधको खतराको बादल मडारिएको छ । त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन जरुरी छ ।

तर, राष्ट्रपति ट्रम्पको यो कदमको आलोचना भएको छ । आपतकाल घोषणाले संवैधानिक जिम्मेवारीप्रति राष्ट्रपति ट्रम्पको लापरवाहीलाई देखाउने हाउस ज्युडिसिएरी कमिटीले ठहर गरेको बीबीसीले जनाएको छ । साथै डेमोक्रेट्स सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको गलत प्रयोग गरेको टिप्पणी गर्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

तर ट्रम्पले भनेका छन् कि यस कदमविरुद्ध डेमोक्रेट्स सांसदले अदालतमा चुनौति दिने कुरा मलाई थाहा छ तर मलाई यो कुरा पनि थाहा छ कि अदालतले सुरक्षा संवेदनशीलतासँग जोडिएको विषयलाई पनि सुन्ने छ ।

ट्रम्पका अनुसार संकटकाल घोषणापछि सरकारी ढुकुटीबाट आठ बिलियन डलरसम्म रकम निकासा हुनेछ र त्यो रकमलाई पर्खाल लगाउन प्रयोग गरिने छ ।


प्रतिक्रिया दिनुहोस्