सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता सुरु

सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता सुरु

काठमाण्डौँ – सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा प्रदेश नं. ५ का विभिन्न जिल्लाहरुमा सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता आजबाट धनगढीमा सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा उदघाटन भएको प्रतियोगितामा विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह रहेका थिए । आज देखि सुरु भएको  प्रतियोगिता फागुन २८ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा २८ खेलका खेलाडीहरु राष्ट्रिय खेलकूद प्रतियोगितामा छनौटका लागि प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिता अन्तर्गत आज एथलेटिक्स , ह्याण्डबल, ब्याडमिन्टन तथा पुरुष खो खो का खेलहरु सञ्चान भएका छन् । जस अन्तर्गत खो खो खेलको छनौट सम्पन्न भएको छ जसमा सुदूरपश्चिम प्रदेशका ३ जिल्लाको सहभागिता रहेको थियो ।  एथलेटिक्स अन्र्तगत सटपुट महिला पुरुषका इभेन्टहरु सम्पन्न भएका छन् । 

ह्याण्डबल तर्फ आज भएको खेलमा कैलाली द्वारा बाजुरा २४–२ गोल अन्तरमा पराजित भयो भने डोटी द्वारा बझाङ ७–२ गोल अन्तरले पराजित भएका छन् । एथलेटिक्स तर्फ पुरुष ः हेमन्त पाल दार्चुला प्रथम, विशाल दमाई कञ्चनपुर द्वितीय तथा तृतीय दिपेन्द्र थापा डडेलधुरा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्