‘नेपालको पानी जनताको लगानी’, के हुदैँछ पुरा पढ्नुहोस्

‘नेपालको पानी जनताको लगानी’, के हुदैँछ पुरा पढ्नुहोस्

काठमाडौं – ‘नेपालको पानी जनताको लगानी, हरेक नागरिक विद्युत्को शेयरधनी’ भन्ने नारा दिइएको कार्यक्रमले सबै नेपालीलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने उर्जामन्त्री वर्षमान पुनको दावी छ ।

मन्त्रालयले करिब तीन वर्ष अघि यस्तै योजना ल्याएको थियो । बिहीबार ठुलो तामझामका साथ उद्घाटन गर्दा प्रधानमन्त्रीले यसलाई नितान्त नयाँ र ठूलो योजनाको रुपमा प्रस्तुत गरे ।

२०७३ साल भदौमा उर्जा मन्त्रालयले सार्वजनिक गर्दा यो योजनाको नाम ‘नेपालको पानी, जनताको लगानी’ थियो । उद्देश्य पनि सबै नेपालीलाई जल विद्युत् आयोजनाको शेयर दिने भन्ने थियो । यस पटक नाममा ‘हरेक नागरिक विद्युत्को शेयरधनी’ भन्ने शब्दावली जोडिएको छ र त्यस्ता आयोजनाहरु किटान गरिएको छ । ‘फरक त्यती हो’, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्छन्, ‘अरु सबै नयाँ बोतलमा पुरानो रक्सी भने जस्तै हो ।’

त्यसो त, पात्रमा पनि फरक देखिएको छ । ‘नेपालको पानी, जनताको लगानी’ योजना घोषणा गर्दा तत्कालन उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत्को शेयर किन्न आह्वान गरेका थिए भने यसपटक वर्षमान पुनले ल्याएको योजनाको घोषणा प्रधानमन्त्रीबाटै भयो । समारोह पनि पहिले भन्दा भव्य भयो ।

शर्माको पालामा करिब १४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता पनि आएको थियो । यसपटक वर्षमान पुनले ल्याएको योजनामा लगानी प्रतिवद्वता आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्