भानुभक्त सेमिफाइनलमा

भानुभक्त सेमिफाइनलमा

काठमाण्डौँ – आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । भानुभक्तले रिलायन्सलाई २८–१४ ले पराजित ग¥यो । भानुभक्तका आशिष बस्नेतले १२ अंक जोडे ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमी, पिपुल्स एकेडेमी र हिमाली पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । विल्सनले एचएचसीएलाई ६०–५४ ले हरायो । विल्सनका पेम्बा शेर्पाले ३८ स्कोर गरे । पिपुल्सले नेपालयमाथि ४२–१४ को सहज जित रच्यो ।

पिपुल्सका एजे घलेले १३ अंक बटुले । जेनिथ विरुद्धको प्रतिस्पर्धामा हिमाली ४४–२० ले विजयी भयो । हिमालीका करण नेपालीले २५ अंक जोडे ।  सेमिफाइनलमा विल्सनको भेट हिमालीसंग हुनेछ भने भानुभक्तले पिपुल्सको सामना गर्नेछ ।

सिनियर गल्र्सको सेमिफाइनल कान्तिपुर र स्वप्न वाटिका तथा एलआरआई र एचएचसीएबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्