अख्तियारले न्यायाधीश बाबुकाजी बानियाँमाथि अनुसन्धान

अख्तियारले न्यायाधीश बाबुकाजी बानियाँमाथि अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएको छ ।

सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सल्लाह र सहमतिमा घुस लिएको बताएपछि अख्तियारले न्यायाधीशमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएको हो ।

अख्तियारले बानियाँमाथि अनुसन्धान गर्न आफूले प्राप्त गरेका कागजातसहित न्यायपरिषदमा पत्र पठाएको हो । संविधान र कानूनअनुसार न्यायाधीशमाथि अनुसन्धान गर्न अख्तियारको क्षेत्राधिकार नभएकाले उसले न्यायपरिषदमा लेखी पठाएको हो ।

काठमाडौं जिल्ला अदालतको फाँट नम्बर २६ मा कार्यरत नायब सुब्बा चालिसे सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्