गोल्डेनगेट फुटसल च्याम्पियन

गोल्डेनगेट फुटसल च्याम्पियन

काठमाडौं – गोल्डेनगेट इन्टरनेसनल कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स फुटसलको उपाधि सोमबार जितेको छ । गोल्डेनगेटलेले फाइनलमा जेभियर इन्टरनेसनल कलेजलाई २–० गोलले पराजित ग¥यो ।

गोल्डेनगेटकी मनीषा बाँस्कोटा उत्कृष्ट खेलाडीका साथै सर्वाधिक स्कोरकर्ता बनिन् । यसअघि ब्वाइजतर्फ नवोदितले टाइम्सलाई ५–४ गोलले हराउदै पहिलो भएको थियो । ब्वाइज बास्केटबलमा मोर्गनले ऋत एकेडेमीलाई ५७–३० तथा जेभियर इन्टरनेसनल कलेजले काठमाडौं भ्यालीलाई ६५–२२ ले पराजित गरे ।

वक्तृत्वकला प्रतियोगितामा ऋतका अखिल भुसाल पहिलो, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट कलेजका अंशु वाग्ले दोश्रो र सीसीआरसीकी शिवानी मैनाली तेश्रो भए । कविता प्रतियोगितामा एम्बिसनकी प्रेरणा भट्टराई पहिलो तथा सीसीआरसीकी उत्शिका आचार्य दोश्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.