राजकुलेश्वरमा सरस्वती सजाउने प्रतियोगिता सम्पन्न

राजकुलेश्वरमा सरस्वती सजाउने प्रतियोगिता सम्पन्न

माघ २७, दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको राज्कुलेश्वर आधारभुत बिद्यालयमा कक्षा स्तरीय सरस्वती सजाउने प्रतियोगिता सप्पन्न भएको छ । कक्षा स्तरीय सरस्वती सजाउने प्रतियोगितामा कक्षा १ देखि कक्षा ८ सम्म्का बिद्यार्थीहरु सहभागी भएका थिए ।
श्री पन्चमीको अबसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिका प्रमुख भरत केसी बिद्यालय ब्यवस्थापन समिती सदस्य शुसिला श्रेष्ठ प्रधानाध्यापक प्रकाश दाहाल, इमेज टेलिभिजन दोलखाका रिपोर्टर सुजन काफ्ले, बिध्यार्थी नेता दिनेश श्रेष्ठ लगायत शिक्षक, अभिभावकहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा बाल्दै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले शिक्षा सबैको महत्वपूर्ण आबस्यकता भएकाले कतै कुलतमा नलागी आफ्नो भबिष्य बनाउने तर्फ केन्द्रीत हुन सुझाव दिदै सबै बिध्यार्थीई प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
आजका बिद्यार्थी भोलि देशका कर्णधार भएकाले शिक्षाको बिकासमा आफू पनि जोड्दाररुपमा लागि पर्ने भिमेश्वर नगरपालिका प्रमुखा भरत केसीले बताउनु भयो । कक्षा १ देखि कक्षा ८ सम्म गरिएको प्रतियोगितामा उत्कृष्ट हुने कक्षालाई नगद पुरस्कार बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.