जापानमा वर्किङ भिसामा हुनुहुन्छ भने ! तपाईले पढ्नै पर्ने जानकारी…

जापानमा वर्किङ भिसामा हुनुहुन्छ भने ! तपाईले पढ्नै पर्ने जानकारी…
@ŠO‘l‚̍ݗ¯ŠÇ—§“x‚ª‰ü³‚³‚êAV‚½‚É”­s‚³‚ê‚邱‚Æ‚É‚È‚Á‚½Ý—¯ƒJ[ƒh‚ÌŒ©–{

काठमाण्डौँ – पछिल्ला केही वर्षहरुमा जापानमा विदेशी कामदारको सङ्ख्यामा वृद्घि भइरहेको छ । त्यो संख्या नेपालीहरुको हकमा पनि बढेको छ । जापानमा आउने धेरै नेपालीहरुमध्ये कामदारको स्टाटसमा जापानमा बसोबास गर्नेहरुको संख्या धेरै छ । यदि तपाईले गर्दै गरेको जागिर स्थायी हो भने यो जानकारी तपाईका लागि होइन । अस्थायी वा सिमीत समयावधिका लागि तोकिएको जागिर गर्दै हुनुहुन्छ र कुनै बेला तपाइ वेरोजगार हुनु भयो भने तपाइको भिसाको स्तर के हन्छ भन्ने कुराको जानकारी आज यहाँ दिन लागिएको छ ।

वर्किङ भिसा के हो ?

जापानमा विदेशी नागरिकहरुलाई बस्नका लागि जापानी सरकारले २७ ओटा भिन्दा भिन्दा भिसा दिने गरेको छ । २७ ओटा भिसा मध्ये प्रोफेशर, कलाकालार, कानून/एकाउण्टिङ सेवा र मेडिकल सेवाजस्ता १७ ओटा भिसालाई वर्किङ भिसा भनिन्छ । वर्किङ भिसा भएका विदेशी नागरिकलाई विशिष्ट क्षेत्रमा काम गर्न र जापानी तलव प्रकृयामा रहेर आम्दानी गर्ने अनुमति हुन्छ । जापानमा कुशल श्रमिक (Skilled Labor) र इञ्जिनीयर/मानवीकि/अन्तरराष्ट्रिय सेवा क्षेत्र (Engineer/Humanities/Intl.Services) मा जागिरको माग अन्य भन्दा बढी छ । यद्यपि यस्ता भिसा भएकाहरुलाई उनीहरुको भिसा स्टेटसमा अनुमति नभएका क्षेत्रमा भने काम गर्ने अनुमति हुँदैन ।

जागिर गुमाएका वर्किङ भिसा बाहकले के गर्ने ?

सन् २०१२ को जुलाइ महिनामा जारी भएको नयाँ आवासिय व्यवस्थापन प्रणालीअन्तर्गत वर्किङ भिसा भएकाहरुले आफ्नो जागिर गुमेपछि त्यहाँको अध्यागमन विभागमा जानकारी दिन आवश्यक छ । ३ महिनाभित्र अर्को जागिर भेटिएको अवस्थामा भिसाको स्टेटस त्यसको म्याद नसकिएसम्म उहि रहन्छ । तर यदि नयाँ जागिर खोज्न कुनै प्रयास गरिएन र ३ महीनासम्म पनि वेरोजगार नै रहेको अवस्थामा भने भिसा रद्ध हुन सक्छ । त्यस्तै भिसाको म्याद सकुञ्जेलसम्म पनि वेरोजगार नै रहेको अवस्थामा भिसा नवीकरण गर्न एकदमै गाह्रो हुन्छ ।

पार्टटाइम जागिर खाँदा विचार पुर्याउनुपर्छ

आफ्नो जागिर छुटेपछि र अर्को जागिर खोज्ने बेलामा आफ्नो भिसामा अनुमति प्राप्तभन्दा बाहेकको जागिर खान नपाइने कुरा विचार पुर्याउनुपर्छ । भिसामा अनुमति पाएको जागिरको भन्दा अर्को क्षेत्र रोज्नुपर्दा अनुमति (“Permission to engage in an activity other than that permitted under the resident status”) का लागि आवेदन दिनुपर्छ । यति मात्र नभई आफूले जागिरको क्षेत्र के कारणले परिवर्तन गर्न लागेको हो सो पनि उल्लेख गर्नुपर्छ ।

नयाँ जागिर पाएपछि

नयाँ जागिर पाएपछि पनि केही प्रकृयाहरु छन् जसलाई पुरा गर्न आवश्यक छ । यदि तपाइको नयाँ जागिर पहिलाकै जस्तो हो र भिसाको म्याद सकिन पनि धेरै समय बाँकी छ भने ‘सर्टिफिकेट अफ अथोराइज्ड एम्प्लोयमेण्ट’ (“certificate of authorized employment”)  का लागि आवेदन दिनु उपयुक्त हुन्छ । जापानको न्याय मन्त्रालयले जारी गर्ने यो प्रमाणपत्र सो क्षेत्रमा काम गर्नका लागि दिइएको कानूनी मान्यता हो । यो प्रमाणपत्र पाउन नयाँ रोजगारदाताले तपाइको भिसा स्टेटसमा तोकिएको मापदण्ड पुरा गर्छ वा गर्दैन भन्ने कुराको जानकारी गराउनु पर्छ । यसले तपाईलाई पनि नयाँ जागिरमा काम गर्न आफूलाई अनुमति भए नभएको बारे पनि जानकारी हासिल गर्न सजिलो हुन्छ । यसले भविश्यमा अनुमति नभएका क्षेत्रमा काम गर्दा भिसा नवीकरण गर्दा हुने झन्झट कम गर्छ । धेरै नेपालीहरुको हकमा भिसामा तोकिएको काम र कम्पनीको कामको प्रकृति नमिल्दा भिसा एक्सटेन्सन नभएका उदाहरणहरु पनि छन् । एक कम्पनी छाडेर अर्को कम्पनी जाँदा १४ दिनभित्र अध्यागमन कार्यालयमा जानकारी गराइसक्नुपर्ने नियम छ ।

यदि तपाइको नयाँ जागिर पहिलाकै जस्तो हो र भिसाको म्याद सकिने समय थोरै बाँकी छ भने नयाँ जागिर शुरु गर्नुअगाडि वा शुरु गरिसकेपछि ‘बसाइको अवधि लम्ब्याउने अनुमति’ (Extention of Period of Stay) का लागि आवेदन दिनुपर्छ ।

त्यस्तै यदि तपाइको नयाँ जागिरको क्षेत्र पहिलाको भन्दा फरक हो भने नयाँ जागिरको शुरुआत गर्नुअघि ‘स्टेटस परिवर्तनको अनुमति’ (Permission to change the status of residence) का लागि आवेदन दिनुपर्छ । यसका लागि तपाइको नयाँ जागिर र स्टेटस अफ रेसिडेन्सका मापदण्ड एक अर्कासँग मेल खानुपर्ने हुनाले आफूले जागिर खान लागेको कम्पनी र पदका बारेमा पूर्व अनुसन्धान आवश्यक छ । अन्य केही मामिलामा आफूले जागिर परिवर्तन गरेकोबारे अध्यागमन विभागमा जानकारी गराउनुपर्छ ।

सबै प्रकारका वर्किङ भिसाहरु तोकिएको क्षेत्रमा जागिर खानका लागि जारी गरिएको हुन्छ । यसैकारण आफ्नो जागिर गुमेपछि वर्किङ भिसा भएकाहरुले तुरुन्तै अर्को जागिर खोजिहाल्नुपर्छ । भिसा छंदैछ, काम पछि खोजौंला भनेर बस्दा भिसामा समस्या आउनसक्छ ।

यो जानकारी तपाईलाई कस्तो लाग्यो ? उपयोगी लागेमा सेयर गर्न नबिर्सनुहोला है । तपाईका केही अनुभव छन् भने तल कमेन्टमा लेख्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.