वाग्मती सफाइ महाअभियानको ३ सयौँ हप्ता पुरा

वाग्मती सफाइ महाअभियानको ३ सयौँ हप्ता पुरा

काठमाडौँ -आज वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता पुरा भएको छ । ‘स्वच्छता मेरो पहिचान स् सफाइ मेरो योगदान’ भन्ने नारासाथ विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइको महाअभियान शुभारम्भ गर्नुभएको थियो ।

३०० औँ हप्ता पुरा भएको अवसरमा आज शङ्खमूलस्थित नदी किनारमा विशेष कार्यक्रम मनाँइदै छ । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

१००औँ हप्तासम्म बाग्मती नदीमा सिमित अभियान विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी गरिएको थियो ।

बिहानै देखि सुरु गरिएको जनजागरण र्याली शङ्खमूलमा जम्मा भएर महाअभियानको ३००औँ हप्ताको विशेष समारोह सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्