शाखा अधिकृतहरुको ‘देश दर्शन’ कार्यक्रम सम्पन्न

शाखा अधिकृतहरुको ‘देश दर्शन’ कार्यक्रम सम्पन्न

काठमाडौं – नवनियुक्त नेपाल सरकारका शाखा अधिकृतहरुको ‘देश दर्शन’ कार्यक्रम सम्पन्न भएको छ । देशको वास्तविकता बोध गराउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ३६५ नवनियुक्त शाखा अधिकृतहरुलाई माघ १६ देखि २२ गतेसम्म देशका विभिन्न स्थान तथा कार्यालयहरुको अवलोकन गराएको हो ।

लोकसेवा आयोगबाट सिफारिस भई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ३३ औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी अधिकृतहरुको ७ दिने देश दर्शन अभियानअन्तर्गत विभिन्न १२ समूहमा प्रशिक्षणरत अधिकृतलाई अवलोकन तथा अन्तरक्रियाका लागि देशको भ्रमण गराइएको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.