पूर्वीपहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

पूर्वीपहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

सोलुखुम्बु – सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको छ ।

सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन् ।

माघमा परेको पानी बालीनालीका लागि निक्कै राम्रो हुने थुलुङदूधकोशी–७ का कृषक रिद्धिबहादुर केसीले बताए । केसीले भने, ‘पानी पर्यो, वस्तुभाउ, बूढाबूढी, केटाकेटी प्रभावीत भए पनि किसानका लागि हर्षको कुरा हो ।’

मौसम विभागले शनिबारसम्म देशभरिको मौसम बदली हुने मौसमविद् सुवास रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्