भ्याली पब्लिक दोहोरो उपाधिनजिक

भ्याली पब्लिक दोहोरो उपाधिनजिक

काठमाण्डौँ - भ्याली पब्लिक दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

गल्र्समा भ्याली पब्लिक ‘ए’ ले आयोजक भद्रकालीलाई २८–२१ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ को जितमा सुजु गुरुङले १३ अंक योगदान गरिन् । भ्याली पब्लिक ‘ए’ ले उपाधिका लागि टीआईएसंग खेल्नेछ ।

ब्वाइजमा साजन गुरुङको १४ अंक सहयोगमा भ्याली पब्लिकले नव जीवनलाई २८–१९ ले हरायो । भ्याली पब्लिकले फाइनलमा लालीगुराँस र बिएनएबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा लालीगुराँसले टीआईएलाई २२–१७ तथा बिएनएले बूढानीलकण्ठलाई १७–११ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.