ब्यूटी पार्लर नगई घरमै बनाउनुस् आफुलाई यसरी सुन्दरी

ब्यूटी पार्लर नगई घरमै बनाउनुस् आफुलाई यसरी सुन्दरी
Permanent Makeup For Eyebrows. Closeup Of Beautiful Woman With Thick Brows In Beauty Salon. Beautician Doing Eyebrow Tattooing For Female Face. Beauty Procedure. High Resolution

काठमाडौं – ब्यूटी पार्लर धाएर आफूलाई सुन्दर देखाउने भन्दा पनि घरमै केही विषयमा दैनिक केही विषयमा ध्यान दिनु भयो भने तपाईँ सधैं सुन्दर र जवान देखिनुहुन्छ । तपाई सुन्दर देखिनको लागि तपाईले आफ्नो छाला तथा शरीरलाई ध्यान दिनुपर्छ । यसको ध्यान दिनको लागि तपाईँले केही विषयमा भने ध्यान दिनुपर्छ । तर, यसको लागि तलका ५ विषयलाई भने दैनिक रुपमा पालना गर्नुपर्नेछ ।
 
१ खानामा यी विषयमा ध्यान दिनुहोस्
खानामा ध्यान दिनु सुन्दरताको लागि एकदमै महत्वपूर्ण कुरा हो । यदि तपाईँ आफू सुन्दर बन्न चाहानुहुन्छ भने तपाईँले गोरो पन तथा चमकदार छालाको लागि खानालाई बढी ध्यान दिनु आवश्यक रहेको छ । अण्डा दूध, चिकेन फ्राई तथा दाल खानको लागि नहिच्किचाउनुहोस् ।
 
२ आफ्नो अनुहार सफा राख्नुहोस्
आफ्नो अनुहार सफा राख्नु होस् । ता कि तपाईको अनुहारमा कुनैपनि धुलोका कारणले फोका तथा डण्डीफेरहरु आउन नपाओस् । यसका लागि कम्तिमा पनि दिनको दुईपटक अनुहार सफा गर्नुहोस् ।
 
३. गुलिया तथा मीठा खानेकुराहरु बढी नखानुस्
गुलिया तथा मीठा खानेकुराहरु बढी खानाले मानिसको शरीरमा रहेको छालाको रंग कालो हुँदै जान्छ । त्यसैले चिनीजन्य पदार्थ खानमा पनि कमि गर्नुपर्छ । जवान तथा सुन्दर देखिनको लागि त्यस्ता भोजन कम देखिनको लागि स्वस्थ तथा प्राकृतिक खानेकुराहरु खानुपर्छ ।
 
४. पानी धेरै खानुहोस्
मानिसहरु सम्झने गर्छन् कि कोल्ड ड्रिङ्स, एनर्जी ड्रिंक, चिया तथा कफी जस्ता पेय पदार्थ समेत शरीरमा पानी को कमिको पूरा गर्न सक्छ । यो सोचाई गलत हो । यसले तपाईँको छालालाई कुनैपनि प्रकारको फाइदा गर्दैन । त्यसैले हरेक विहान कम्तिमा २ लिटर पानी पिउनुहोस् । यसले तपाईको छालालाई सधैं चिल्लो र गोरो बनाई राख्छ ।
 
५ धुम्रपानबाट टाढा रहनूस्
धुम्रपान धेरै सेवन गर्ने मानिस छिटो बुढो भएजस्तो देखिन्छ । उसको उमेर जस्तो सुकै भएपनि उ आफैंमा बुढेसकाल लागिसकेको जस्तो देखिन्छ । त्यस्तैले सुन्दर बन्नुछ भने यस्ता पदार्थ सेवनबाट टाढा रहनुहोस् ।

प्रतिक्रिया दिनुहोस्