बिग बास लिग टी–२० क्रिकेट: सन्दीपको टिम भिड्दै

बिग बास लिग टी–२० क्रिकेट: सन्दीपको टिम भिड्दै

काठमाडौं – अष्ट्रेलियामा भइरहेको बिग बास लिग टी–२० क्रिकेटमा नेपाली ढुकढुकी सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले लिग चरणको दोस्रो अन्तिम खेल शुक्रबार खेल्दैछ । मेलबर्नले ब्रिसबेन हिटसँग दिउँसो खेल्न लागेको छ । 

ब्रिसबेनको घरेलु मैदानमा दिउँसो ३ः२५ बजे हुने खेल सेमिफाइनलमा पुग्नका लागि महत्वपूर्ण रहेको छ । यो खेलमा विजयी नतिजा ल्याउँदा मेलबर्न एक खेल पहिले नै सेमिफाइनलमा पुग्नेछ । 

मेलबर्न यो खेलमा पराजित भएमा अन्तिम खेलसम्म कुर्नुपर्ने हुन्छ । 

लिगमा होबार्ट हुरिकेन्स, सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाडेस् सेमिफाइनलमा पुगिसकेका छन् भने मेलबर्न स्टार्स १२ अंकबाट चौथो स्थानमा छ । 

सिड्नी थन्डर र ब्रिसबेन हिटको समान ११ अंक छ भने उनीहरुले एक खेल मात्र खेल्न बाँकी छ । 

यो स्थितिमा सन्दीपको टिम बलियो रहेको छ । उसले बाँकी रहेका दुई मध्ये एक खेल जिते पुग्नेछ । 

सन्दीप खेल्न के गर्लान् ? 
शुक्रबारको खेलमा सन्दीप लामिछानेले खेल्ने प्रवल सम्भावना रहेको छ । बुधबारमात्र उनी अष्ट्रेलिया पुगेपछि टिम निकै खुशी भएको छ । 

सन्दीप युएईविरुद्ध भएको नेपालको ऐतिहासिक सफलतापछि सीधै अष्ट्रेलिया पुगेका हुन् । सन्दीपले बिगबास बीचमै छाडेर बंगलादेश प्रिमियर लिग खेल्न आएका थिए । बंगलादेश प्रिमियर लिग पनि बीचमै छाडेर उनी नेपाली राष्ट्रिय टिम विरुद्ध खेले । 

प्रतिक्रिया दिनुहोस्