बंगालमा मोदीलाई पनि निषेध

बंगालमा मोदीलाई पनि निषेध

नयाँ दिल्ली – बंगालकी मुख्यमन्त्री ममता वनर्जीले भारतीय जनता पार्टीका नेताहरुलाई बंगालमा लगाईएको प्रतिबन्धकाबीच प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाको र्यालीमा सहभागी हुनको लागि शुक्रबार बंगाल जाने भएका छन् । 

सिबीआईको मुद्दा पछि चर्चित बनेको बंगालको राजनीति भाजपा नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानलाई बंगाल प्रवेशकोलागि निषेध गरेकी ममताले जवर्जस्ती योगी यस अघि र्यालीमा सहभागी भएपछि ममताले भाजपाका बंगाल बाहिरका सबै नेताहरुलाई चुनावी प्रचारको लागि बंगालमा प्रतिबन्ध लगाएकी छिन् । 

प्रधानमन्त्री कार्यालयबाट जारी एक बयानमा भनिएको छ कि मोदी राष्ट्रिय राजमार्ग ३१ डीको फलाकाता सलसलाबाडी खण्डको चार लेन सडकको शिलान्यास गर्दैछन्। राष्ट्रिय राजमार्गको यो ४१ दशमलव ७ किलोमिटर लामो खण्ड पश्चिम बंगालका जलपाईगुडी जिल्लामा आउँछ। यसको  १९३८ करोड रुपैयाँको लागतबाट बनाउन लागिएको छ । यसका साथै उनी जलपाईगुडीमा उच्च न्यायालयको नयाँ सर्किट बेन्चको समेत उद्घाटन गर्दैछन् । 

अचम्मको कुरा त यो छ कि मोदी जुन र्यालीमा सहभागी बन्दैछन् त्यो र्यालीको लागि बंगाल सरकारले स्वीकृति नै दिएको छैन्। जुन स्थानमा प्रधानमन्त्री मोदी र्यालीको लागि जाँदैछन् त्यो ठाउँ मुख्यमन्त्री बनर्जीको गढ हो । 

भारतीय सर्वोच्च अदालतले झड्का दिएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता वनर्जी भड्किएकी छिन् । प्रदेशका प्रहरी प्रमुख पुलिस कमिश्नरको मुद्दामा अदालतबाट आफ्नो विपक्षमा हुनेगरी फैसला गरेपछि मुख्यमन्त्रीको आदेशमा भाजपाका सबै गैरबंगाली नेताहरुलाई वंगालमा आएर र्‍याली गर्न प्रतिबन्ध लगाएपछि उनको छटपटी बाहिर आएको हो 

प्रतिक्रिया दिनुहोस्