आइतबारमात्र मौसममा सुधार आउने

आइतबारमात्र मौसममा सुधार आउने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारमात्र मौसममा सुधार आउने भन्दै रचेत रहन आग्रह गरेको छ । विभागका अनुसार शुक्रबार पनि मुलुकका अधिकांश भागमा सामान्यदेखि मध्यमखालको बर्षा हुनेछ । 

केही स्थानमा भारी वर्षा हुनेसमेत महाशाखाले जनाएको छ । हिमाली केही भेगमा भारी हिमपातसमेत हुनेछ । 

काठमाडौं उपत्यकामा पनि रातभर वर्षा भएको छ । बिहानसमेत वर्षा भएको छ । आकाश खुल्ने सम्भावना कम रहेको मौसम महाशाखाले जनाएको छ । 

बुधवारदेखि बदली भएको मौसम शनिबारसम्म लगभग यस्तै अवस्थामा रहने र आइतबारदेखि सुधार आउने महाशाखाले जनाएको छ । 

हिमाली भेगमा हिमपातका कारण सवारी अवरुद्ध भएको छ । जनजीवन पनि अस्तव्यस्त भएको छ । महाशाखाले अनुपातभन्दा बढी वर्षा भइसकेको जनाएको छ । 

शनिबारको मौसम अनुमान गर्दै महाशाखाले दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली रहने तथा मध्य र पूर्वी भेगमा सामान्य बदली रहने जनाएको छ ।

मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा रहने छ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यसैगरी राति देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी भेगमा मौसम सामान्यतया सफा रहने छ। मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्