हिसान खेलकुद सप्ताह सुरु

हिसान खेलकुद सप्ताह सुरु

काठमाण्डौँ – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को संयोजन तथा हिसान काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बिहीबारदेखि सुरु भएको छ ।

खेलकुद सप्ताहको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन फुटसलको एक खेल र मैत्रीपूर्ण तान डोरी भयो । ब्वाइज फुटसलमा प्रिमियरले इस्टपोललाई ५–४ गोलले पराजित ग¥यो । खेलकुद मन्त्री विश्वकर्मा र आयोजक हिसान टोलीबीचको तान डोरीमा हिसान टोली विजयी भयो ।

खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्