टाइम्स सडक दौड शनिबार

टाइम्स सडक दौड शनिबार

काठमाण्डौँ – टाइम्स इन्टरनेसनल कलेजको आयोजनामा दोश्रो द टाइम्स इन्टरनेसनल कलेज सडक दौड शनिबार हुने भएको छ । दौडमा ब्वाइज÷गल्र्स गरी जम्मा २ सयको सहभागिता रहने टाइम्सका प्रिन्सिपल शंकरप्रसाद गैरेले जनाएका छन् ।

ब्वाइज र गल्र्स दुवैमा ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । दौड डिल्लीबजारस्थित आयोजक टाइम्सको हाताबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ । ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । नगद पुरस्कार लुम्बिनी विकास बैंकले प्रायोजन गर्ने भएको छ ।

पहिलो संस्करणको ब्वाइजमा अजितकुमार यादव तथा गल्र्समा हुमी बुढा मगर पहिलो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्