हिमालयको दुई तिहाई हिमनदी पग्लिने नयाँ तथ्य

हिमालयको दुई तिहाई हिमनदी पग्लिने नयाँ तथ्य

काठमाण्डौँ – पृथ्वीको तापमानलाई चालु शताब्दीको अन्त्यसम्म औद्योगिक युगभन्दा १.५ डिग्रीमा सीमित राख्ने अहिलेको विश्वव्यापी बहसमा कतिपय ठूला विकसित देशहरू नै मतैक्य हुन सकेका छैनन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको उक्त प्रतिवेदनले नेपालसहित हिन्दकुस हिमालय क्षेत्रमा पर्ने आठ देशहरू समेटेको छ।

तर त्यसो भएकै खण्डमा समेत हिन्दकुस हिमालय क्षेत्रको तापक्रम वृद्धि दुई डिग्री सेल्सियसभन्दा बढि हुने एक अध्ययनले देखाएको छ।

नेपाली अधिकारीहरू भने हिन्दकुस क्षेत्रमा भएको यस अध्ययनले चीन र भारतजस्ता ठूला देशहरू पनि समेटेकाले विश्वले जलवायु परिवर्तनको संवेदनशील परिदृश्य स्वीकार्ने थप एक आधार तयार भएको बताएका छन्।

खुम्बु

खतराको घन्टी

गत अक्टोबरमा जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आइपीसिसी)ले विश्व तापमानको औसत वृद्धिदरलाई सन् २१०० सम्म १.५ भित्रै सीमित राख्नुपर्ने बताएको थियो।

यही दरमा कार्बन उत्सर्जन हुँदै गयो भने सन् २१०० सम्ममा ५.५ डिग्रीसम्मको ताममान बृद्धि हुनसक्छ। जतिखेर आउने अवस्था भयावह हुनेछ।एकलव्य शर्मा, सह-महानिर्देशक, इसिमोड

त्यसमा अमेरिका, रुस, साउदी अरेबिया र कुवेतले आनाकानी गर्दै आएका छन्।

विश्वको कार्बन उत्सर्जनमा मुख्य भूमिका रहेका देशहरूले १.५ डिग्री कायम गर्न उत्सुक नदेखिएका बेला सोमवार काठमाण्डूमा सार्वजनिक प्रतिवेदनमा त्यसो नै भएको खण्डमा समेत हिन्दकुस हिमालय क्षेत्रमा २.२ डिग्री तापमान बढ्ने देखाइएको छ।तर देशहरू एकमत भएनन् र अहिलेकै दरमा कार्बन उत्सर्जन हुँदै गए आउने अवस्था भयावह हुने बताउँछन् इसिमोडका सह महानिर्देशक एकलव्य शर्मा।

“यही दरमा कार्बन उत्सर्जन हुँदै गयो भने सन् २१०० सम्ममा ५.५ डिग्रीसम्मको तापमान बृद्धि हुनसक्छ।”

हिमालय क्षेत्रसँग झण्डै १.९ अर्ब मानिसहरूको पानी, अन्न र ऊर्जाको सम्बन्ध जोडिने गरे तापनि यो भेग उपेक्षित भएको विज्ञहरूले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्