भेनेजुएला प्रकरण: अमेरिकी राजदूत बेरी बालुवाटारमा

भेनेजुएला प्रकरण: अमेरिकी राजदूत बेरी बालुवाटारमा

काठमाडौं – भेनेजुएला प्रकरणका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार निरन्तर अप्ठेरोमा परेको छ । सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरी माघ ११ गते भेनेजुएलामाथि हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएपछि मुलुकलाई नै अप्ठेरो पर्दै गएको छ । 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले मिडियामा सरकारलाई कुनै अप्ठेरो नपरेको र अमेरिकासंग विभिन्न माध्यमबाट सम्पर्क भइरहेको बताए पनि भित्रीकुरा भने अमेरिका दिनानुदिन चिंढिएको स्प्ष्ट हुँदै गएको छ । 

सोही अनुरुप भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपा र सरकारसँग चिढिएका अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। 

मंगलबार दिउँसो बेरीले प्रधानमन्त्री ओलीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको विज्ञप्तिमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए।

मंगलबारको भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका विज्ञप्तिहरूको ‘भद्र प्रतिवाद’ गरेको स्रोतले बताएको छ ।

बेरीले अन्य विषयमा पनि छलफल गरे पनि मुख्य विषय भने भेनेजुएला प्रकरण नै थियो । प्रधानमन्त्रीले ओलीले भने नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.